सूचनाको शक्ति - The Power Of Information

        

‘सेक्स डल’को खोजीमा ५० कटेका महिला

बेलायतका ५० बर्ष उमेर कटेका महिलाहरुले आफूले भनेजस्तो सेक्स डलका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब २२ लाख रुपैयाँ) सम्म तिर्न तयार भएको खुलेको छ ।

इंग्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनस्थित द डल हाउसका प्रबन्ध निर्देशक फिल बासका अनुसार ५० बर्ष पार गरेका महिलाहरु यौन खेलौनाका लागि मोटो रकम तिर्न तयार छन् ।

‘केही वर्षयता थुप्रै इंग्लिस महिलाले फिमेल सेक्स डल किनिरहेका छन् । खासगरी, ५० वर्षमा हिँडिरहेका महिलाले यौन खेलौनामा असाध्यै अभिरुचि देखाउन थालेका छन्,’ बासले भने ।

महिलाले महिला–यौन खेलौना बढी प्रयोग गर्न थालेपछि तिनको मूल्य पनि बढेको छ । महिलाले कसरी यौन खेलौना प्रयोग गर्छन् भन्ने विषयमा थोरै मात्र अध्ययन भएका छन् ।

‘ह्वाट द सेक्स’ नामक पोडकास्ट चलाउने पत्रकार फिबी ग्रेगरका अनुसार महिलाले सेक्स रोबोटलाई आफ्नो सपनाको व्यक्ति मानेका हुन्छन् । आदर्श पार्टनर वास्तविक जीवनमा नभेटेपछि महिलाहरू सेक्स रोबोटमार्फत आफ्नो इच्छा पूरा गर्न थालेको बताइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १७:१८