सूचनाको शक्ति - The Power Of Information

        

सेक्स कतिबेला र कति पटक गर्ने ?

सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा बिहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ ।

अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ । एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न बिहानको समय नै सेक्सका लागि उपयुक्त रहेको पत्ता लागेको छ ।

सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरीरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ ।

यतिमात्रै होइन बिहानको सेक्सले दुवै जनालाई दिनभरी थकान महसूस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसूस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट बिहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ ।

सेक्स गर्नुस् मोटोपन घटाउनुस्

अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा. डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा. डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरीरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ ।

जसबाट खुशी मात्रै होइन स्वस्थ पनि भइन्छ । अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एक प्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।

सेक्स कति पटक गर्ने ?

सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ ।

त्यसैले एक सातामा तीन पटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । बिहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसूस हुन्छ ।

बिहानको सेक्समा कसरी मजा लिने ?

विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसका लागि पर्याप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहान मै सेक्स गर्दा राम्रो ।

विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउँदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मीयता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।

रातिमा सेक्स किन नगर्ने ?

विहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडीले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो ।

त्यसैले रातिमा सेक्स गनुभन्दा बिहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातिको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १६:५८