सूचनाको शक्ति - The Power Of Information

        

के वीर्य स्खलनपछि शरीर कमजोर हुन्छ ?

वीर्य स्खलनपछि शरीर कमजोर हुँदैन । वीर्यमा प्रोटिन हुने कुरा सही हो, तर, यो अति नगण्य मात्रामा हुन्छ । तुलनात्मक रुपमा जति प्रोटिन शरीरले ग्रहण गर्छ ।

त्यसको तुलनामा वीर्य स्खलनबाट निस्किएको प्रोटिनको मात्रा नगण्य हुन्छ । एक या दुई दाना बदाम खानाले नै वीर्यबाट निस्किएको प्रोटिनको दुई गुणा प्रोटिन शरीरले पाउँछ ।

स्खलनपछि शुक्राणुको आयु कस्तो हुन्छ ?


हावा, कपडा, बिछ्यौनाआदिको सम्पर्कमा आएपछि शुक्राणुले आफ्नो तैरिने (पौडिने) क्षमता गुमाउछ । वीर्य सुक्नेबित्तिकै मृतप्रायः हुन्छ । शुक्राणु महिलाको योनिभित्र भए पनि निषेचन द्रव्य (फर्टाइल फ्लुड) भेटेन भने पनि केही घण्टामै मर्छ ।

तर, शुक्राणुले महिलाको फर्टाइल फ्लुड भेट्ने हो भने एक हप्तासम्म जीवित रहेर निषेचनका लागि अण्डाणुलाई पर्खन्छ । यसैले लिंगबाट बाहिर निस्किएको केही घण्टामात्र वीर्य जीवित रहन सक्छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १२:१०