सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट ६ रूपैयाँले बढेर आयो पेट्रोलको मूल्य

भारतबाट डिजेल तथा पेट्रोलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको उनले बताए । १५ दिनअघि कच्चा तेल प्रतिब्यारेल ७५.७६ अमेरिकी डलर रहेकोमा अहिले अहिले प्रतिब्यारेल ८५ डलर पुगेको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पन्ध्र–पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०७:५९