सूचनाको शक्ति - The Power Of Information

        

मधुमेहका बिरामीले बिहान खाली पेटमा खानैपर्ने तीन खानेकुरा ?

स्वस्थ जीवनशैली र खानपानले मधुमेहको जोखिम कम गराउँछ । त्यसैले मधुमेहका बिरामीले खाने खानपान स्वस्थ हुन अत्यावश्यक छ । जसले उनीहरुको रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।

उचित खानपानले मधुमेहमा फाइदा पुर्याउँछ भने खानपान राम्रो नहुँदा यसले थप समस्या उत्पन्न गराउँछ । केही खानेकुरामा पौष्टिक तत्वसँगै औषधीय गुण पनि भएकाले त्यसलाई उपभोग गर्न चिकित्सकहरूले सुझाव दिने गरेका छन् ।

खासगरी बिहानको समय मधुमेह रोगीका लागि महत्वपूर्ण मानिन्छ । बिहान उनीहरुले खाने खानपानले उनीहरुको दिनभरको समयलाई व्यतित गर्छ । त्यसैले मधुमेहका बिरामीका लागि बिहान पेट भरिने तथा ग्लुकोजको मात्रा कम हुने खानेकुरा चाहिन्छ ।

जसले उनीहरुलाई दिनभर उर्जाशिल र फूर्तिलो राख्छ । धेरै मधुमेह रोगीहरूमा बिहान ब्लड सुगरको लेवल बढ्ने गर्छ । किनभने हाम्रो कलेजोले दिनभर ऊर्जाको लागि ग्लुकोज उत्पादन गर्छ । बिहान यी चिजको सेवन गर्नाले रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ,

घ्यू र बेसार – मधुमेहका रोगीले बिहान एक चम्चा गाईको घ्यूमा बेसार हालेर खानु लाभदायिक हुन्छ । यसले ब्लड सुगरलाई नियन्त्रणमा राख्छ ।

दालचिनी – दालचिनी एक यस्तो मसला हो जसले शरीरमा ब्लड सुरगरको लेवल कम गर्छ । यसको लागि तपाई राति दालचिनीलाई पानीमा भिजाउनुहोस् र बिहान त्यो पानी पिउनुहोस् ।

मेथी – मधुमेहका बिरामीले बिहानको समय मेथी पानीको सेवन गर्नु पनि उत्तिकै फाइदाजनक मानिन्छ । यसले पनि शरीरमा ब्लड सुगरको लेवल नियन्त्रणमा राख्छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०७:५३