सूचनाको शक्ति - The Power Of Information

        

राजसंस्थाको पुनरागमन सम्भव छ ?

 “मुलुकको एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्बल हुँदै गएको” ठहर गर्दै राष्ट्रको अविभावकको नाताले “कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रह” बाट मुलुकलाई बचाउन राजाको अग्रसरता देखिन थालेको छ।

गत चैत २० गते सुनसरीमा पुगेर राजाले “हामी र हाम्रो भन्न सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्छ” भन्ने सन्देश जनतालाई दिए। राजाको अग्रसरतालाई जनताले उत्साहका साथ हेरेका देखियो भने ‘प्रतिगमनले टाउको उठायो’ भन्ने नेताहरूले पनि प्रतिवाद गर्न सकेनन्। गत चैत २० गते सुनसरीमा पुगेर राजाले “हामी र हाम्रो भन्न सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्छ” भन्ने सन्देश जनतालाई दिए।

समग्रमा, राजामा पलाएको यो हुटहुटीले असफल राष्ट्रको खाडलमा जाकिने संघारमा पुगेको मुलुकले कुनै त्राण पाउन सक्छ कि भन्ने आशा जगाएको देखियो। त्यसो हुँदाहुँदै पनि भ्रष्टाचारमा निर्लिप्त नेताहरू र स्यालको हुइयाँ जस्ता कार्यकर्ताबाट वाक्कदिक्क भएका जनतामा एउटा जबर्जस्त प्रश्न उठेको छ–के राजाको यो अग्रसरताले सही निकास पाउलारु

अहिले देखिएको अवसरलाई नेपालीले कसरी उपयोग गर्लान् भन्ने अनुमान गर्न २००७ सालमा राजा र प्रजा मिलेर राणा शासन अन्त्य गरी ल्याएको प्रजातन्त्रको जगेर्ना कसरी गरियो भन्ने प्रवृत्तिगत विश्लेषण गर्नु प्रासांगिक हुन्छ। एकले अर्कोलाई निषेध गर्ने प्रवृत्तिले २०१७ साल निम्त्यायो। राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि मुलुकको समग्र विकासमा महत्वपूर्ण कामहरू नगरेका होइनन्।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०७:१६