सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार सामान्य घट्यो

हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार सामान्य घटेको छ ।

दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलव ६८ विन्दुमा झरेको छ ।

आज होटल, बीमा र बैंक समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय ६५ वटा कम्पनीका ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ८९ लाख र एनआईसी एसिया बैंकको तीन करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै एसियन हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले र सगरमाथा जलविद्युत् कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज आदर्श लघुवित्त, मोलुङ खोला हाइड्रोपावर र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतवार १८:२२