नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भाइरल ज्वराेकाे चपेटामा पर्नुभएकाे छ ।
उहाँले आफू अस्वस्थ भएको जानकारी दिँदै भाइरल ज्वराे बारे खुलाउनु भएकाे हाे ।
आइतबार दिउँसो फेसबुक स्टाटस लेख्दै ओलीले आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको जानकारी दिनुभएकाे हाे ।
‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ,’ ओलीले फेसबुकमा लेख्नु भएकाे छ, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’
सत्यपाटी संवाददाता । काठमाडौँ