उत्तर प्रदेशको प्रयागराजमा एक पूर्वसांसद र उनका भाईको गोली हानी हत्या गरिएको छ । हत्याको आरोपमा जेलमा रहेका पूर्वसांसद अतीक अहमद र उनका भाई अशरफको गोली हानी हत्या भएको उत्तर प्रदेश प्रहरीले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
प्रहरी हिरासतमा रहेका उनीहरुलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । सो क्रममा पत्रकार बनेर आएका आक्रमणकारीहरुले प्रहरीकै अगाडी उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न तीन जना परेका छन् ।
यस घटनामाथि छानविन गर्न मुख्यमन्त्री योगी आदित्यनाथले आदेश दिएका छन् । घटनाको छानबिन गर्न तीन सदस्यीय न्यायिक आयोग समेत गठन गरिएको छ । प्रहरीका अनुसार घटनामा एक प्रहरी घाइते भएका छन् भने एक पत्रकार पनि सामान्य घाइते भएका छन् ।
आक्रमणपछि प्रहरीले अस्पताल वरपरको क्षेत्रमा नाकाबन्दी गरेको छ । घटनापछि पूरै उत्तर प्रदेशमा कर्फ्यु लगाइएको छ । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै उत्तर प्रदेश प्रहरीले पनि कडा सुरक्षा व्यवस्था गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं