सूचनाको शक्ति - The Power Of Information

        

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबबीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटो छैटौं जितको तथा पुलिस दोस्रो जितको खोजीमा हुनेछ ।

आइतबार नै च्यासल मैदानमा दिउसो ३ बजे सुरु हुने खेलमा संकटा क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

संकटा र एपीएफ दुवै चौंथो जित निकाल्न चाहन्छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतवार ०८:५५