सूचनाको शक्ति - The Power Of Information

        

राजकुमार राव र श्रद्धा कपूरले गरे ‘स्त्री २’ को घोषणा

भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूरले ‘स्त्री २’ बन्न लागेको घोषणा गरेका छन् ।

राजकुमार र श्रद्धाले १२ अप्रिलमा एक कार्यक्रममा आफ्नो कमेडी तथा हरर फिल्म ‘स्त्री’ को सिक्वेलको औपचारिक घोषणा गरेका थिए । राजकुमार रावले फिल्मको घोषणा गर्दै उक्त कार्यक्रमको भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

फिल्मका कलाकार राजकुमार र श्रद्धाको अलवा पंकज त्रिपाठी, अपारशक्ति खुराना र अभिषेक बनर्जीलेको पनि अभिनय रहेको छ ।

हरर कमेडी फिल्म ‘स्त्री’ लाई अमर कौशिकले निर्देशन गरेका थिए भने निर्माता दिनेश विजनले गरेका थिए । अहिले फिल्मकाे दाेस्राे भाग पनि उनैले निर्देशन गर्ने भएका छन् । फिल्मको प्रदर्शन मिति भने २०२४ मा तय गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतवार ०७:५३