चलचित्र विकास बोर्डले २०७९ सालभरि नेपालमा प्रदर्शनी भएको नेपाली चलचित्रको व्यापार (बक्स अफिस रिपोर्ट) चार दिनअघि सार्वजनिक गरेको थियो ।
सो रिपोर्टको चलचित्र ‘छक्का पञ्जा-४’ का निर्माता दीपकराज गिरीसहित केृही सिनेकर्मीले विरोध गरे ।
बोर्डले २०७९ सालमा प्रदर्शन भएको एक सय ३५ मध्ये १ सय ३२ चलचित्रको कुल व्यापार सार्वजनिक गरेपछि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा-४’ को सार्वजनिक भएको विवरणलाई लिएर निर्माण समूहले आपत्ति जनाएको हो ।
निर्माता गिरीले त फेसबुकमा स्टाटस लेख्दै सो रिपोर्ट सार्वजनिक गरेकोमा भुवन केसीले लफडा गरेको भन्दै आफूहरूको व्यापार नेपालमा सो रिपोर्टमा उल्लेख भएभन्दा बढी रहेको दाबी गरे । त्यो स्टाटसको विरोध आएपछि उनले त्यो स्टाटस हटाए ।
सत्यपाटी संवाददाता । काठमाडौँ