सूचनाको शक्ति - The Power Of Information

        

स्तन स्पर्श गर्दा किन आनन्द आउँछ ?

महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको निप्पल पनि त्यसभन्दा कम हुँदैन भन्ने, यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हुनुपर्छ । तर स्तनको स्पर्शले महिलाहरुलाई किन यौन आनन्द प्राप्त हुन्छ भन्ने कुरा वैज्ञानिकहरुले अनुसन्धानबाट पत्ता लगाएका छन् ।

अमेरिकाको एक विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो ।

योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ, स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने अनुसन्धानकर्ताहरुको भनाइ रहेको छ । त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ ।

अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्ने उनीहरुको दावी रहेको छ । यस्तै पुरुषहरुको अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, अर्थात हातले हलचल गराउनाले पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सकिने अद्ययनकर्ताहरुले बताएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार १३:४९