सूचनाको शक्ति - The Power Of Information

        

वर्षमानकी आमालाई गोली हान्ने बडीगार्डले रक्सी पिएको पुष्टि

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुनकी आमालाई गोली लागेपछि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

हिजो राति बालुवाटार नजिकैको गैह्रिधारास्थित निवासमा भएको गोली प्रहारमा ७६ वर्षीया आमा तीर्थमाली पुनको दायाँ गोडाको नलीखुट्टा र बायाँ गोडामा गोली लागेको थियो ।

पूर्वमन्त्री पुनका अंगरक्षकको पेस्तोलबाट छुटेको गोली बृद्ध आमालाई लागेको बताइन्छ । अंगरक्षक सहायक हवल्दार प्रकाश पुन परिवारको नातेदारसमेत रहेको खुलेको छ ।

गोली लागेपछि प्रकाश आफैँले घाइते आमालाई ट्रमा सेन्टर पुर्याएको र मध्यराति नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

प्रहरीको अनुसन्धान र छानबिनबाट प्रकाशले मादक पदार्थ खाएर नयाँ वर्ष मनाउने क्रममा साथमा रहेको पेस्तोलबाट गोली हानेको खुलेको छ ।

उनी सवोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सवारीमा अगाडि गुड्ने गाडीमा बस्ने सुरक्षाकर्मी भएको बताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार १३:३८