सूचनाको शक्ति - The Power Of Information

        

गर्मीमा दही सेवनका फाइदै फाइदा

गर्मीको मौसम आउनेबित्तिकै हामी सबैले चिसो चिसो खानेकुराको सेवन गर्न थाल्छौं, जसले गर्दा चर्को गर्मीमा हाम्रो शरीर चिसो रहन्छ । गर्मीमा चिसो खानेकुरालाई आहारको हिस्सा बनाउन पनि स्वास्थ्य विशेषज्ञहरु सुझाव दिन्छन् ।

विशेषगरी चिसो प्रभाव पार्ने खानेकुराहरू तरबूजा, खरबुजाजस्ता फलफूल, लस्सी, मोही र दही जस्ता पेय पदार्थ खानुपर्छ । गर्मी मौसममा दही खाँदा शरीर शीतल र स्वस्थ रहन्छ । त्यसैले पनि यसलाई आफ्नो दैनिक खानामा समावेश गर्नु राम्रो हुन्छ ।

दहीमा क्याल्सियमका साथै प्रोटिन, कार्बोहाइड्रेट, आइरन, म्याग्नेसियम, पोटासियम, सोडियम, फस्फोरस, जिंक, कपर, सेलेनियम, भिटामिन–सी, भिटामिन–बी ६, भिटामिन–ए, भिटामिन–बी, भिटामिन–के जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ ।

गर्मीमा दहीको फाइदा


  • गर्मी मौसममा दैनिक दही खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउदै स्वास्थ्यलाई पनि स्वस्थ राख्छ ।
  • दहीको सेवनले पनि हड्डी बलियो बनाउँछ । दहीमा राम्रो मात्रामा क्याल्सियम र फस्फोरस पाइन्छ, जसले हड्डी र दाँतलाई स्वस्थ राख्न काम गर्छ । यदि तपाई तौल घटाउन खोज्दै हुनुहुन्छ भने दही तपाईको लागि यसमा पनि निकै उपयोगी हुन सक्छ । दहीमा प्रोटिन र हेल्दी फ्याट पनि हुन्छ, जसले उच्च कोलेस्ट्रोलको समस्यालाई कम गर्छ ।
  • दही एक प्रोबायोटिक पनि हो, जुन पाचन प्रणालीलाई बलियो राख्न तातो मौसममा दैनिक सेवन गर्न सकिन्छ । दहीमा पाइने राम्रो ब्याक्टेरियाले पेटलाई स्वस्थ राख्छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार १३:१८