सूचनाको शक्ति - The Power Of Information

        

माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमामाथि गोली प्रहार भएको छ । गएराति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।

प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति १० बजेतिर उनले गोली प्रहार गरेका हुन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । अनन्तकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार ०९:२८