सूचनाको शक्ति - The Power Of Information

        

स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवीको १०० वर्षको उमेरमा निधन

संस्कृतिविद् स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ । स्वासप्रश्वासको समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

शनिबार बिहान ५ बजेर ५६ मिनेट जाँदा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको भएको हो । मुटुमा समस्या देखिएपछि उनलाई चैत १६ गते अस्पताल भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ ।

राधादेवीले सत्यमोहनसँग ८४ वर्ष सहयात्रा गरेकी थिइन् । आठ महिनाअघि मात्र सत्यमोहनको १०४ वर्षको उमेरमा निधन भएको थियो । जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार ०९:२६