सूचनाको शक्ति - The Power Of Information

        

२०८० सालमा कहिले–कहिले हुन्छ मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ?

नेपाल मेडिकल काउन्सिलले आगामी वर्ष २०८० सालमा लिइने लाइसेन्स परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ ।

२०८० मा स्नातक तहको ३ र स्नातकोत्तर तह(पीजी)को ३ वटा लाइसेन्स परीक्षा सञ्चालन गर्ने कार्यतालिका काउन्सिलले सार्वजनिक गरेको छ । स्नातक तहको ६५औँ लाइसेन्स परीक्षा जेठ १७, १८ र १९ गतेलाई तोकिएको छ ।

उक्त परीक्षाका लागि आवेदन समेत खुल्ला गरिएको छ । यस परीक्षाका लागि वैशाख ४ गतेदेखि जेठ २ गतेसम्म नियमित र जेठ ३ र ४ गते विलम्ब शुल्कसहित अनलाई आवेदन दिन सकिने काउन्सिले जनाएको छ ।

विदेशी कलेजमा भर्ना भई कोभिडका कारण नेपालमा इन्टर्नसिप गरिरहेका विद्यार्थीले परीक्षामा सामेल हुन लागि इन्टर्नसिप पूरा गरेको र आफू भर्ना भएको विश्वविद्यालयबाट इन्टर्नसिपसहित अन्तिम लिएको हनुपर्ने काउन्सिलले भनेको छ ।

२०८० मा अर्काे लाइसेन्स परीक्षा असोजमा र २०८० को अन्तिम परीक्षा माघमा गर्ने तालिकामा उल्लेख छ । स्नातकोत्तर तहको विशेषज्ञ लाइसेन्स परीक्षा साउन, मंसिर र चैतमा गर्ने कार्यतालिकामा उल्लेख छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १८:१०