सूचनाको शक्ति - The Power Of Information

        

सेक्सलाई किन जीवनको महत्वपूर्ण हिस्सा मानिन्छ ?

तपाइको सम्बन्धमा यौन सम्पर्क पहिलो प्राथमिकतामा छैन तर कुनै पनि पाटर्नरबीचको सम्बन्धमा सेक्सले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

कतिपय जोडीबीच यौन सम्पर्कका लागि अनुकुलता नहुँदा सम्बन्ध टुट्ने गरेको पाइन्छ । यहाँ दुई पाटर्नरका बीच सेक्सका लागि कति अनुकुलता मिलिरहेको छ यसबारेमा थाहा पाउने केही संकेतहरुका बारेमा चर्चा गरिएको छ ।

आपसी सन्तुष्टि अति आवश्यक

सेक्सको मतलव भनेकै दुवै पाटर्नरबीचको खुशी तथा सन्तुष्टिका लागि गरिने कोशिस हो । सेक्सका दौरानमा एकजना क्लाइमेक्समा पुग्ने र अर्को शिथिल भइसक्ने अवस्था कहिल्यै पनि आउन दिनुहुन्न यसका लागि दुवै पार्टनर यौन सम्बन्धमा बराबर तृप्त हुन जरुरी छ ।

यस्तो भएमा राम्रो संकेत होइन

तपाई दुवैजना सेक्सका बारेमा कुराकानी गर्दा एक अर्कामा सहजता महसुश गनुृहुन्छ र दुवैजना मध्ये कुनै एकजना धेरै डिमाण्डिङ हुनुहुन्छ वा एकजनाको यौन क्रियाकलापबाट अर्कोलाई सहजता महसुश हुदैन भने बुझ्नुहोस् तपाई दुईको यौन जीवन राम्रो छैन, जबरजस्ती एकले अर्कोलाई झेलिरहनु भएको छ ।

सेक्स ड्राइभको गति समान हुनुपर्ने

सेक्समा कामइच्छाको पनि महत्वपूर्ण भूमिका रहने गर्दछ । के तपाई दुवै पाटर्नरको सेक्स ड्राइभ अलग अलग छ रु दुवै जनामध्ये एकजना बढी क्रियाशिल हुने र अर्को जना कम क्रियाशिल हुने समस्या छ भने यसको असर सोचमा पनि पर्ने गर्छ, जसले दैनिकी र पूरा जीवनमा नकारात्मक असर पर्न पनि सक्दछ ।

तुलना नगरौं

सेक्सको विषयलाई लिएर कुनै पनि प्रकारको तुलना गर्नु हुँदैन । पाटर्नरमध्ये कोही एक पनि सेक्सको तुलना आफ्ना बितेको कुनै सम्बन्ध वा व्यक्तिसँग गरिरहन्छ भने त्यसले वर्तमान समयको सेक्स लाइफ बर्बवाद गरिदिन सक्छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १८:०३