सूचनाको शक्ति - The Power Of Information

        

राजधानी अन्यत्र सार्न बालेनको चेतावनी

काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहले सरकारप्रति आक्रोश जनाउँदै काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्न चेतावनी दिनुभएको छ ।

६ दिनदेखि सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास वालुवाटारको फोहोर उठाउन नदिएका मेयर शाहले बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबार वा संघीय राजधानी जे सारे पनि काठमाडौंवासीलाई कुनै आपत्ति नभएको जनाउनुभएको छ । मेयर साहको अराजक अभिव्यक्तिले गर्दा वागदबार र सिंहदरबारबीचको दूरी बढेको छ ।

वार्ता गरेर समस्या समाधान गर्नुको साटो अराजक स्टाटस लेखेपछि सरकार वार्ता गर्ने वा नगर्ने भन्ने दोधारमा रहेको छ । चार दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले मेयर साहको गतिविधिप्रति असन्तोष जनाएको थियो ।

मन्त्रिपरिषद्को बैठकले फोहोर रोकेर समस्या समाधान हुन नसक्ने भन्दै मेयर साहलाई सचेत गराउने तयारी गरेको थियो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार ०७:५०