सूचनाको शक्ति - The Power Of Information

        

उद्याेग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनुभएको छ ।

बुधवार दोस्रो चरणको चुनाव हुनुभन्दा अघि गरिएकाे सहमतिकाे प्रयास सफल गएपछि श्रेष्ठ महासङ्घकाे वरिष्ठ उपाध्यक्षमा चयन हुनुभएकाे घाेषणा गरिएकाे हाे । उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गर्नुभएपछि उहाँ निर्विराेध चयन हुनुभयाे ।

यसअघि बुधवार नै भएकाे चुनावकाे पहिलाे चरणमा तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि दिउँसाे २ बजेका लागि दोस्रो चरणको चुनाव हुने तय भएको थियो ।

पहिलो चरणको त्रिपक्षी प्रतिस्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई हुनुहुन्थ्यो । पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको चुनाव हुने तय भएको थियो ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १८:५२