सूचनाको शक्ति - The Power Of Information

        

युवा संघको नेतृत्व सर्वसम्मत, अध्यक्षमा थेवे

राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

नेकपा ए माले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगन्जमा सम्पन्न महाधिवेशनले थेबेलाई अध्यक्ष चयन गरेको हो । यसैगरि, महासचिवमा सुमन पुरी चयन भएका छन् ।

गृह जिल्ला ईलाम भएका क्षितिज युवा संघको राजनितिबाटै आएका हुन् । उनी यस अघि एक कार्यकाल उपाध्यक्ष समेत भईसकेका छन् । थेवेले उपाध्यक्ष तथा महासचिव दुवै पदमा एक–एक कार्यकाल पुरा गरिसकेका छन् ।

यससँगै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वको टीम घोषणा भएको छ ।

नेपालगन्जमा सोमबार सुरु भएको नवौं राष्ट्रिय महाधिवेशनमा नेतृत्वका लागि सहमति नभएपछि मंगलबार निर्वाचन प्रकृया सुरु भएको थियो ।

अध्यक्षसहित अधिकांश पदमा दुईभन्दा बढी उम्मेदवारहरुको मनोनयन दर्ता भएपछि फेरि एमाले नेताहरु महेश बस्नेत, राजीव पहारीलगायतको पहलमा सहमतिमा कमिटी चयन भएको हो ।

नयाँ नेतृत्वको लागि अध्यक्षमा सन्तोष रावल र क्षितिज थेवेले उम्मेदवारी दिइसकेका थिए ।

सहमतिका लागि विधान संशोधन गरेर ३ उपाध्यक्षलाई बढाएर ७ जना बनाइएको छ भने सचिवको संख्या घटाइएको छ ।
महासचिव पुरी पनि क्षितिज थेबेको प्यानलबाट उम्मेदवार थिए ।

उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् ।

उप महासचिवमा महेन्द्र गुरुङ र राजन थापा, सचिवमा विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन् ।

कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी, सचिवमा प्रवीन चयन भएका निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले जानकारी दिए ।

अनुशासन आयोग प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली, निर्वाचन आयोगमा बलराम बेलबासे प्रमुख, बाबु छतकुली उपप्रमुख र गोकर्ण नेपाली सचिव चयन भएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १८:४४