सूचनाको शक्ति - The Power Of Information

        

विमानस्थलमा खटिने कर्मचारीलाई खल्ती भएको पोशाक प्रतिबन्ध

नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीलाई खल्ती भएको पोशाक लगाउन रोक लगाएको छ । निगमले विषेशगरी यात्रुका लगेज ओसारपसार गर्ने कर्मचारीलाई अबदेखि खल्ती भएको लुगा लगाउन रोक लगाएको हो ।

यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले कर्मचारीलाई खल्ती भएका लुगा लगाउन रोक लगाउँदै छुट्टै पोशाकको व्यवस्था गरेको छ । यात्रुहरुको सामानको सुरक्षार्थ निगमले ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन लगाइएको पनि जनाएको छ ।

साथै लगेजलाई वर्षातको पानीबाट जोगाउन ट्रलीमा छानासमेत लगाइएका छन् । लगेज सम्बन्धी गुनासा सुनुवाइका लागि विमानस्थलको ब्यागेज ह्याण्डलिङ युनिटलाई सक्रिय गराइएको पनि निगमको भनाइ छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १५:१२