आजकल धनी मानिसहरूले युवतीहरूसँगको नयाँ किसिमको सम्बन्धले चर्चा पाएको छ । त्यो हो सुगर रिलेसनशिप । यो प्रचलन अहिले बढेर गएको छ ।
उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम खर्चिने गरेका छन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर बेबी र पुरुषलाई सुगर ड्याडी भन्ने गरिन्छ ।
अमेरिका, अस्ट्रेलिया र बेलायतजस्ता विकसित देशमा लाखौं मानिस यस्तो सम्बन्धमा बस्ने गरेका छन् । यस्तो सम्बन्धमा २५ देखि ३० वर्ष उमेरका युवतीहरूले ४५ देखि ५० वर्ष उमेरका पुरुषसँग सम्बन्ध कायम गर्छन् ।
बढी उमेरका धनी मानिससँग सम्झौता गरी युवतीहरूले इन्टिमेसीका लागि पैसा लिने गरेका छन् । यो सम्बन्ध बिहेमा परिणत हुँदैन र कलिला युवतीहरू आफ्नो मर्जी मुताबिक बिहेका लागि स्वतन्त्र रहन्छन् ।
धेरै देशमा युवतीहरू पढाइ पूरा गर्न वा आफ्नो पालनपोषणका लागि यस्तो सम्बन्ध बनाउँछन् । सुरक्षित केटीहरुले आफूभन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ ।
पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । समझदारी महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ ।
महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । दुनियाँको ज्ञान पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ ।
आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।
धोका नदिने कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चञ्चल हुने र भेटेसम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ ।
उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् भनेर पाको उमेरका पुरुष छान्छन् । उनीहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् ।
सत्यपाटी संवाददाता । काठमाडौं