बाँकेको जानकी गाउँपालिकामा बुधवार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २५ जनाले सेवा लिएका छन् ।
जानकी गाउँपालिका वडा नम्बर ३ स्थित इन्द्रपुर स्वास्थ्य चौकीमा भएको शिविरमा २४३ जना महिला र ८२ जना पुरुषले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।
१०० भन्दा बढी महिलाहरुको पाठेघर परीक्षण गरिएकोमा ४ जनाको पाठेघर खसेको भेटिएको र ३५ जना महिलाको पाठेघरमा सङ्क्रमण भएको पाइएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तमलाल बेलवासेले जानकारी दिए । शिविरमा विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य जाँच गरेका थिए ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ का सांसद किशोरसिंह राठौरको पहलमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा जनरल स्वास्थ्य शिविरको आयोजना गरिएको हो । कान्ति आरोग्य अस्पतालको प्राविधिक सहयोगमा जानकी गाउँपालिकाले शिविर गरेको हो ।
सत्यपाटी संवाददाता । बाँके