लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले एक सातादेखि गुलरियास्थित जिल्ला प्रशासन कार्यालयको मूलद्धार छेउमा रिले अनशन जारी राखेको छ ।
उनीहरुले लघु वित्तीय संस्था खारेज, सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋणलगायत पाँच सुत्रीय माग गरेका छन् । गाउँ गाउँबाट आएका महिलाहरु सडक पेटीमा अनशन बस्दै आएका छन् ।
अनशनमा बस्दै आएका उनीहरुले माग पूरा नहुञ्जेल धर्नामा बसिरहने बताए । मंगलबार लघु वित्तीय संस्थाका पीडितले गुलरिया बजारमा प्रदर्शनसमेत गरेका थिए ।
संघर्ष समितिका गुलरिया नगर अध्यक्ष रंजितबिक्रम शाहले लघु वित्तीय संस्थाहरु खारेज गर्न, लघु वित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्न, गरिब किसानको नि:शुल्क ऋण प्रदान गर्न पाँच सुत्रीय माग रहेको बताए ।
जिल्ला प्रशासन कार्यालय अगावै सडकमा बसेर बिहान १० देखि ५ बजेसम्म रिले अनशनमा बस्दै आएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ