सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीका १३ एसएसपीको डिआइजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १३ जना एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वको बढुवा समितिको बुधबारको बैठकले सिफारिस गरेको हो ।

बढुवाको पहिलो नम्बरमा कुबेर कडायत, दोस्रोमा केदार ढकाल, तेस्रोमा विष्णुबहादुर केसी, चौथोमा भरतबहादुर बोहोरा, पाँचौंमा रविन्द्र केसी, छैटौंमा राजेशनाथ बास्तोला र सातौंमा चन्द्रकुबेर खापुङ रहेका छन् ।

त्यस्तै बढुवाको आठौं नम्बरमा जनक भट्टराई, नवौंमा लालमणी आचार्य, दशौंमा सुरेन्द्रप्रसाद मैनाली, एघारौंमा अर्जुन चन्द ठकुरी, बाह्रौंमा यज्ञविनोद पोखरेल र तेह्रौं नम्बरमा विकासराज खनाल बढुवा सिफारिस भएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १७:३०