भारतकी एक युवतीको परिवारले उनको विवाहको योजना बनाए । केटा पनि खोजियो । केटाको नाम थियो आदित्य । परिवारले उनीहरूको भेटघाटको वातावरण जुराइदिए । दुवैले एकअर्कालाई मन पराएपछि पारिवारिक सहमतिमा विवाहको मिति टुंगो लाग्ने भयो । तर यता युवती भने तनावमा थिइन् । तनावको कारण थियो, उनी कुमारी थिइनन् ।
विवाहअघि नै व्वायफ्रेण्डसँग उनको यौन सम्बन्ध स्थापित भइसकेको थियो । विवाहपछि श्रीमानले आफू कुमारी नभएको थाहा पाए भने सम्बन्ध बिग्रने चिन्तामा थिइन् उनी । रूढीवादी सोचका कारण परिवारमा विवाहअघि यौन सम्बन्ध भएको कुरा थाहा पाउनु भनेको मर्यादाविपरीत थियो । त्यसकारण उनको तनाव झनै बढ्यो ।
ती युवतीले आफ्नो समस्या साथीहरूसँग साटिन् । साथीहरूले सल्लाह दिए, कुमारीत्व फर्काउने सर्जरी गर्ने । जुन सर्जरीलाई अंग्रेजीमा ‘हाइमिनोप्लास्टी’ भनिन्छ । शुरुमा त उनलाई सर्जरी गर्न डर पनि लाग्यो । तर, उनीसँग उपाय थिएन । उनी आदित्यसँग प्रेममा परिसकेकी थिइन् र उनलाई छोड्न पनि सक्दिन थिइन् ।
जसरी भए पनि वैवाहिक जीवन सुखमय बनाउनु जो थियो । कुमारीत्व फर्काउने एकमात्र उपाय भएको उनले महशुस गरिन् । एकजना साथीको सल्लाहमा उनी क्लिनिक पुगिन् । जहाँ उनले पचास हजार भारतीय रुपैयाँमा सर्जरी गराइन् । उक्त सर्जरी सकिन आधी घण्टा बढी पनि लागेन । साँझ घर आएर डाक्टरले दिएका एन्टिबायोटिक र अन्य औषधि सेवन् गरिन् ।
१५ दिनसम्मको लागि डाक्टरले शारीरिक शक्ति धेरै हुने काम गर्न, योनीमा कुनै पनि वस्तु छिराउन या टेम्पोन्सको प्रयोग नगर्न सुझाएका थिए । डाक्टरको सुझाव ती युवतीले पनि स्वीकारिन् । १५ दिनपछि उनी फेरि कुमारी भइन् । अर्थात्, उनको योनीमा पूनः हाइमिनको विकास भयो । जुन हाइमिन च्यातिएपछि नै कुमारित्व भंग हुने भनिन्छ ।
त्यसको ठीक दुई महिनापछि उनीहरूको विवाह भयो । सबै कुरा सोचेअनुसार नै भएकोमा युवती दंग थिइन् । विवाहपछि उनीहरूको हनिमुुन पनि तय भयो । ओकनी, स्कटल्यान्डमा उनीहरू हनिमुन मनाउन गए । हनिमुनले युवतीलाई नसोचेको झट्का दियो । हनिमुनको एक साँझ ती युवतीलाई पति आदित्यले उनको विगत्को यौन अनुभवबारे प्रश्न गरे ।
मनमा असहजतासँगै बाहिर हेर्दा सहजैसँग युवतीले आफू कुमारी भएको श्रीमान्लाई बताइन् । त्यस्तैगरि उनले पनि आदित्यलाई उनको विगतका यौन अनुभवबारे सोधिन् । आदित्यको जवाफले उनी छाँगाबाटै झरेजस्तो भइन् । जवाफमा आदित्यले आफू पछिल्लो पाँच वर्षदेखि यौन क्रियाकलापमा एकदमै सक्रिय रहेकोबारे ढुक्कले बताए ।
यतिमात्र होइन, एकजना युवतीसँग मात्र नभएर विभिन्न युवतीहरूसँग शारीरिक सम्बन्ध राखेको कुरा पनि उनले ती युवतीलाई खुलस्त बताइदिए । ती युवकले सामूहिक शारीरिक सम्बन्ध पनि राखेका रहेछन् । विवाहपछि भने एकजनासँग मात्र यौन सम्पर्क राख्ने सर्त प्रण गरेका रहेछन् । यो सबै सुनेर युवतीको होस हवास उड्यो ।
उनले सोचिन्, ‘वास्तावमा मैले यो सब नगरेकै भए पनि हुने रहेछ । त्यति धेरै चिन्तित भएँ । सर्जरी गर्दा त्यत्ति धेरै पैसा सकियो । त्यो पैसा दान नै गरेको भएपनि कति व्यक्तिको उपचार हुन्थ्यो । व्यर्थको झमेलामा फसेँछु ।’ युवतीलाई वनको बाघले भन्दा पनि मनको बाघले खायो । वास्वतवमा उनले आफू कुुमारी नभएको कुरा बताएको भए पनि उनका पतिले उनलाई सहजै स्वीकार्ने रहेछन् ।
यौ सबै अनुुवभले उनलाई पाठ सिकायो, ‘मायाभन्दा ठूलो कुुरा सेक्स होेइन, त्यसकारण विवाह उसैसित गर्नुपर्छ जसले अफूलाई माया गर्छ, कसैको कुमारीत्वसँग होइन ।’ अहिले बजारमा ‘हाइमेनोप्लास्टि’ सामान्यजस्तै बनिसकेको छ । पत्रपत्रिकामा विशेषगरी युवतीहरू विवाहपूर्व शारीरिक सम्बन्धमा रहेपछि मागी विवाह गनुपर्दा आफ्नो कुमारीत्व पुनः फर्काउनेबारे जिज्ञासा राखिरहेको छ्याप्छ्याप्ती देखिन्छ ।
के विवाहपछि श्रीमानले आफ्नी श्रीमती कुमारी रहे या नरहेको कुरा थाहा पाउँछन् ? हाइमिनोप्लास्टि भनेको के हो ? कुमारित्वलाई यति गम्भीर रूपमा किन हेरिन्छ र कसैको योनांगको आकारले शारीरिक सन्तुष्ट बढी या घटी मिल्ने हो भन्ने लगायत कुमारीत्वको बारेमा लिर्नेपर्ने जानकारीका बारेमा हामीले चर्चा गरेको छौं ।
के हो कुमारीत्व ?
कुमारीत्व केवल एक मनोवैज्ञानिक चिज हो । कोही कुमारी छ या छैन भन्नेबारे सम्बन्धित व्यक्तिवाहेक अरूलाई थाहा हुँदैन । अंगको बनावटको आधारमा कोही कुमारी हो या होइन भन्नेबारे पत्ता लगाउनै सकिदैंन र यो पत्ता नै लगाउन नसकिने कुरालाई फर्काउन असम्भव छ । महिलाको योनीमा हुने ‘हाइमेन’(पातलो झिल्ली) च्यातिएर कुमारीत्व जान्छ पनि भनिन्छ ।
तर, कसरी च्यातियो भन्ने कुरामा पनि उत्तिकै ध्यान दिनुपर्छ । हाइमेन च्यातिएर कुमारीत्व जान्छ भन्ने हो भने हाइमेन यौन सम्पर्क राख्दा मात्र होइन, व्यायाम गर्दा, टेम्पोन प्रयोग गर्दा, साइक्लिङ गर्दा, एथ्लेटिक्समा पनि च्यातिन्छ । कसैको हाइमेन पहिलादेखि नै ‘इन्ट्याक्ट’ नहुन पनि सक्छ । यो केवल एउटा झिल्ली हो । जुन विभिन्न कारणले च्यातिन्छ । कसैको जन्मजात हाइमेन नहुन पनि सक्छ । हाइमेन छैन भने अब कुमारी नै होइन भन्ने त ?
कुमारीत्व महिलालाई अपमान गर्ने कुरा
कुमारीत्व भनेको केवल पुरूषले जे गरे पनि हुने महिलाले गर्न नहुने भन्ने सोचले आएको मानसिकता हो । कुमारी छ या छैन भनेर ‘टेस्ट’ गर्ने भनेको महिलालाई दुःख दिने काम मात्रै हो । बाँच्नका लागि गाँस, बास, कपास र सहबास चाहिन्छ भनेर संसारभर सबैलाई थाहा भएको कुरा हो ।
सेक्समा सुरक्षित हुने हो । त्यसकारण यौन खराब होइन । हामीले काठमाडौंमा सामान्य ‘सर्भे’ गर्दा ६० प्रतिशत बढी पुरूषको विवाहअघि यौन सम्बन्ध रहेको र ३० प्रतिशत बढी महिलाको विवाहअघि यौन सम्पर्क भएको पाइयो । केटाले गर्दा केही नहुने, केटीले गर्यो भने चाहीं दुई नम्बरी भनेर भन्ने ? यो केवल पितृसतात्मक समाजको फोहोर हो ।
‘कुमारीत्व फर्काइदिन्छु भन्नू’ ठगीको धन्दा
हाइमेन कहिल्यै सिलाउन मिल्दैन । ‘हाइमेनोप्लास्टि’ गरेर मान्छेलाई कुमारी बनाइदिन्छु भन्नु भनेको त्यो केवल ठगी हो । हाइमेन भएर या नभएर कुमारित्व भइन्छ या भइदैन भन्ने हुँदैन । कति महिलाले योनी टाइट गराउँछन् । भएको शरीर काटेर मिलाइरहँदा त्यसको स्वरूप कस्तो होला ? हाइमेनोप्लास्टि भनेको ठगी गर्ने अनेक उपायमध्ये यो पनि एक हो । यसरी योनीलाई टाइट गर्ने नाममा पनि जिन्दगीभरको लागि यौन असन्तुष्टि हुने पनि पाइएको छ ।
विवाहअघिको सम्बन्ध जान्न खोज्नु ठीक कतिको उचित ?
कसैको विवाहभन्दा अघिको सम्बन्धबारे खोजी गर्नु ठिक होइन । यदि महिला नै यो विषयलाई लिएर असुरक्षित महशुस गर्छन भने यो राम्रो होइन । सम्बन्ध भनेको महिला पुरूषमा बराबरी हुनपर्छ । कुमारीत्व केवल एउटा भावना हो । समाजमा महिलाले पुरूषलाई हेर्ने नजर र पुरूषले महिलालाई हेर्ने नजर ठिक नभएसम्म यो बहस सकिँदैन ।
योनीको आकारले यौन सन्तुष्टि मिल्छ भन्नु भ्रम मात्रै
कसैको आँखा सानो भएर संसार थोरै देख्ने होइन । कसैका आँखा साना त कसैका ठूला हुन्छन् तर संसार देखिने उत्तिकै हो । यौनको कुरा पनि यस्तै हो । योनीको साइज सानो हुनाले यौन सन्तुष्ट मिल्छ भन्नु सबै भ्रम हो । संसारमा सबैलाई गोरो नै हुनुपर्ने ? के कालो सुन्दरता होइन ? अनुहार हेरेर राम्रो या नराम्रो हुने होइन । यौन पनि त्यस्तै हो । यो सबै मनोविज्ञानमा भर पर्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं