सूचनाको शक्ति - The Power Of Information

        

सगरमाथामा हिमपहिरो, तीन जना बेपत्ता

फाइल तस्वीर

सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी तीन जना आरोही बेपत्ता भएका छन् । बुधबार बिहान करिब ९ः३० बजे गएको हिमपहिरोमा परी आरोही दा छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा र लाक्पा रिता शेर्पा बेपत्ता भएका हुन् ।

सगरमाथा आधार शिविर (बेस क्याम्प) र शिविर १ बीचको बाँध खण्डमा उक्त घटना घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ । घटना लगत्तै बेपत्ताहरुको खोजी तथा उद्धारमा सिम्रिक हेलीसहित रेस्क्यू टिम सो ठाउँमा पुग्दा समेत उद्धार प्रयासमा असफल भएको बोर्डका निर्देशक युवराज खतिवडाले जानकारी दिए ।

हिमाल आरोहण उद्धार तथा खोज टिम एसपीसीसी तथा ईम्याजिनको संयुक्त टोलिले बेपत्ताको खोजिकार्य तीव्र पारेपनि सफल हुन नसकेको उनले जानकारी दिए । घटनास्थलमा झण्डै ५० मिटर गहिरो हिमपहिरो गएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १६:०४