सूचनाको शक्ति - The Power Of Information

        

नयाँ वर्षमा नेपाल टेलिकमको ‘नयाँ अफर’

नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘नयाँ वर्ष २०८०’ अफर ल्याएको छ । कम्पनीले नयाँ वर्षका अवसरमा ग्राहकहरुका लागि भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज ल्याएको हो ।

जसमा ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रूपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९४ रूपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ । यस अनुसार २०० देखि ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ ।

यता ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपाल टेलिकमले उपलब्ध गराउने सो अफर भोलि (२०७९ चैत ३०) देखि आगामी २०८० बैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागु हुनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १५:०४