सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ ढिस्कोमा पुरिएर सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको हाे । सोही स्थानका ६२ वर्षीय सालिभानसिंह धामीको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएकाे हाे ।

अर्का घाइते ४२ वर्षीय सङ्ग्रामसिंह धामीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । सँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी भने सकुशल रहेकाे उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार ०८:३७