सूचनाको शक्ति - The Power Of Information

        

योनी कसिलो कसरी बनाउने ? के गर्न सकिन्छ ?

व्यक्ति अनुसार लिंग वा योनीको नाप र आकारमा धेरै भिन्नता हुन्छ । कतिपय स्थितिमा लिंगको गोलाइसँग तुलना गरी यो खुकुलो भयो कि भनिन्छ ।

योनी मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्किन सक्ने गुण भएको नली आकारको अंग हो, जसको लम्बाइ सामान्यतया ३ देखि ४ इन्च हुन्छ । योनी नली आकारको अंग भए पनि पाइपको जस्तो जतिबेला पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन ।

सामान्य अवस्थामा यसका भित्ताहरू एक अर्कासँग टाँसिएको अवस्थामा हुन्छन्, तर लिंग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ । एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने हुन्छ र ? पक्कै हुँदैन ।

यौन सम्पर्क राख्दैमा योनी खुकुलो हुने कुनै वैज्ञानिक आधार छैन । यौन उत्तेजना हुँदा धेरै पानी अर्थात् योनी रस आएर अत्यधिक चिप्लो हुँदा खुकुलोपन महसुस हुन्छ । अत्यधिक चिप्लो हुँदा अलिकति पुछेर यौन सम्पर्क गर्दा हुन्छ तर योनीलाई सुख्खा नै बनाउनु बुद्धिमानी हुँदैन ।

योनी कसिलो बनाउन के गर्न सकिन्छ ?


यौनांग क्षेत्रको मांसपेसीलाई बलियो बनाउन गरिने कसरतलाई केगेल कसरत भनिन्छ । योनीमा औंला पसाई औंलालाई अँठ्याउने अर्थात् खुम्च्याउने गर्दा यो मांसपेशीलाई तपाईले महसुस गर्न सक्नुहुन्छ ।

उक्त मांसपेशी पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्याउनुपर्छ ।

बिस्तारै १० देखि १५ पटकसम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पटकसम्म पुर्याउनुपर्छ । ६ हप्तासम्म नियमित रूपमा यो कसरत गरे फरक महसुस हुने गरी केही फरक देखिन्छ ।

यो मांसपेशी संकुचित गरेर यौन सम्पर्कका बेला लिंगलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले महिलालाई मात्र होइन, पुरुषलाई पनि यौन सुख प्राप्त गर्न मद्दत गर्छ । यसबाहेक अन्य उपायहरूका बारेमा भन्नुपर्दा, निश्चित तौलका योनी कोन महिलाको योनिमा राखेर त्यसलाई अड्काइराख्न भनिन्छ, जसले गर्दा यौनांगको मांसपेशी बलियो होस् ।

त्यसैगरी विद्युतीय उत्तेजना अर्थात् योनीमा एक किसिमको यन्त्र राखेर विद्युतको हल्का करेन्ट प्रयोग गरी यौनांग क्षेत्रका मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्तेजित पारिन्छ । यो साधन एउटा विशेष किसिमको कुर्सी हो । विशेष किसिमले चुम्बकीय क्षेत्रको प्रयोग गरेर यौनांग क्षेत्रको मांसपेशीलाई उत्तेजित पारिन्छ ।

यो उपचार सामान्यतः २० देखि ३० मिनेटका लागि साताको दुईपटक यस्तै आठ साताजति गरिन्छ । अन्त्यमा योनी खुकुलोपनको समस्या अति नै छ भने (भजाइनोप्लास्टी) शल्यचिकित्सा पनि गर्नुपर्ने हुनसक्छ । यस्तो शल्यचिकित्सालाई सामान्यतया अन्तिम उपायका रूपमा लिइन्छ । अचेल यसमा लेजर प्रविधिको प्रयोग समेत सुरु भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार ०८:१७