सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर बजार बन्द

कोहलपुरका उद्योगी तथा ब्यापारीहरुले कोहलपुर बजार बन्द गरेका छन् ।

बैंकहरुको चर्को ब्याजदरका कारण ब्यापार ब्यवसाय धरासय भएको भन्दै व्यापारीहरुले कोहलपुर आज बजार बन्दको आह्वान गरेका हुन् ।

ब्यावसायिक हक हित संरक्षण समितिले मंगलवार कोहलपुर बन्दको आह्वान गर्दै आन्दोलनको घोषणा गरेको हो ।

सुरुवातमा ३ दिन आन्दोलनको कार्यक्रम घोषणा गरीएको ब्यावसायिक हक हित संरक्षण समिती कोहलपुरका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी गराएका हुन् ।

आन्दोलनको अबधिभर बैंक तथा वित्तिय संस्थाबाट हुने कारोबार ठप्प पार्ने र बृहत रुपमा शान्तिपूर्ण बिरोध र्याली गर्ने निर्णय भएको श्रेष्ठले बताए । कोहलपुरमा रहेका बैंक तथा वित्तिय संस्था पूर्णरुपमा बन्द गराईने बताईएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १९:२३