बाँकेको जानकी गाउँपालिका–५ मा रहेकाे बकसपुर बस्तीमा आगलागी भएको छ । हिजाे दिउँसाे भएकाे आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति पुगेकाे छ भने दुई घरमा सामान्य क्षति पुगेकाे छ ।
आगलागीबाट दुईवटा बाख्रा र केही कुखुरा मरेका गाउँपालिकाका प्रवक्ता तथा वडा नंं ५ का अध्यक्ष टीकानाथ यादवले बताउनुभयो । उहाँका अनुसार हिजाे दिउँसोदेखि सुरु भएको आगाे हिजाे बेलुका निभाइएकाे थियाे ।
कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट गएको तीनवटा दमकल, प्रहरी र स्थानीयवासीको समूहले आगो निभाएकाे हाे ।
आगलागीले घरमा पूर्ण रुपमा क्षति पुगेपछि विस्थापित भएका अग्निपीडितलाई २५ किलो चामल, रहरको दाल पाँच किलो, दुई प्याकेट नुन, खाने तेल पाँच लिटर, आलु १० किलो, बेसार, खुर्सानी एक–एक प्याकेट, त्रिपाल एक–एक थान, भुजा एक प्याकेट र चिनी एक किलो तत्काल राहत पुर्याइएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।
सत्यपाटी संवाददाता । बाँके