सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय युवा संघ नेपाल

युवा संघको राष्ट्रिय महाधिवेशन आजबाट, ओलीले उद्घाटन गर्ने

१० हजार भन्दा बढीको जनसहभागिता रहने

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने सो महाधिवेसन २७–२९ गतेसम्म जारी रहनेछ ।

नेपालगञ्जमा हुने महाधिवेशनको उदघाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए । उनका अनुसार महाधिवेशनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन् ।

हाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी पोलिटव्यूरो सदस्य एवम युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समिक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्ने जानकारी दिए।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ०७:१५