यो एउटा गम्भीर समस्या भएकाले तपाईंले चाँडोभन्दा चाँडो यो समस्या समाधान गर्नतिर उन्मुख हुनुपर्छ । सबैभन्दा पहिले यो कस्तो समस्या के हो भन्ने बारेमा प्रस्ट पार्ने प्रयास गर्छु । तपाईंले धेरै मानिसहरु निन्द्रमा हिँड्ने, बोल्ने गरेको तर आफूलाई भोलिपल्ट केही थाहा नभएको भन्ने कुरा पक्कै सुन्नुभएको छ होला ।
यस्तै निन्द्राको सुरमा आफूसँग सुतेका व्यक्तिसँग यौन सम्पर्क हुने र भोलिपल्ट त्यो व्यक्तिलाई आफूले राति के गरेँ भन्ने कुरा थाहा नहुने समस्या हुनसक्छ । यस्तो समस्या भएका पुरुष तथा महिलाहरुलाई सेक्सोमनिया भनिन्छ । सेक्सोमनिया भएका व्यक्तिले आफूले गरेको यौन सम्बन्धि कृयाकलापले कतिपय अवस्थामा केही व्यक्तिहरुले कानूनी झमेलामा परेका धेरै उदाहरण छन् ।
कारण, कुनै अपरिचित वा परिचित महिलासँग सुतेको बेलामा हुने गरेका यस्ता क्रियाकलापबाट अर्को व्यक्तिले आफू बलात्कृत भएको ठान्छन् । अदालका कतिपय बहसमा आफूलाई थाहा नभएको बताउँदा कानुनलाई झुटो बोलेको आरोप पनि खेपेका धेरै उदाहरण छन् । खासमा सम्बन्धित व्यक्तिबाहेक यो समस्या हुन्छ भन्ने अरुले विश्वास गर्दैनन् ।
खासमा काल्पनिक जस्तो लागे पनि यो एउटा समस्या हो र थोरै संख्यामा भए पनि यस्ता समस्या भोग्ने व्यक्तिहरु धेरै छन् । त्यसो भए सेक्सोमनिया कसरी हुन्छ भन्ने प्रश्न उब्जन सक्छ । अनुसन्धानमा यस्तो समस्या कसैको पनि जन्मजात हुँदैन भन्ने देखिएको छ । उमेर बढ्दै जाँदा अत्यधिक चिन्ताले ग्रसित व्यक्ति जब चेतन मनमा आफ्नो शरीर र मनको आवश्यकता के हो बुझ्न सक्दैन ।
यस्तो व्यक्तिले निन्द्राका बेला अचेतनमा दबेर बसेको यौन र प्रेमको आकांक्षा बलियो भएर आउँछ । तपाईको समस्याका बारेमा खुलेर चर्चा गर्नका लागि तपाई निन्द्रामा सेक्स सधैं आधा रातमा हुने हो कि कहिले काहीँ मात्रै हुने होे यसमा प्रष्ट हुन आवश्यक हुन्छ । यस्तो समस्याका वारेमा छिटोभन्दा छिटो मनोविदसँग छलफल गर्नु आवश्यक हुन्छ र आफ्नो पार्टनरसँग पनि खुलेर कुरा गर्न र उहाँलाई पहिले नै जानकारी गराउन आवश्यकता हुन्छ ।
जोडीले कहिलेकाहीँ यौनका बारे वा भनौं दुवैको शरीरलाई राम्ररी बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने गर्छ । तपाई आधारातमा ब्युझिनु हुन्छ र तपाईको चाहना पूरा गर्न लाग्नुहुन्छ भने उहाँको यौन चाहनालाई सम्मान नगरिएको जस्तो बुझिन्छ । हरेक व्यक्तिको यौनईच्छा फरक हुन्छ, दुई व्यक्ति जब दाम्पत्य जीवनमा प्रवेश गर्छन् । एक अर्काको यौन ईच्छाको फरकपनलाई कसरी एकैखालको बनाउने, त्यो चाहीँ महत्वपूर्ण कुरा हो ।
राति निद्राको सुरमा हुने यौन सम्र्पकलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन । हुनसक्छ तपाईले श्रीमतीसँग यौन ईच्छाका बारेमा खुलेर प्रष्टसंग कुरा राख्न नसक्नाले यहाँले तपाईको यौनईच्छाका बारेमा नबुझेको पनि हुन सक्दछ । तपाईको प्रश्न पद्दा यौन प्रवृत्तिका बारेमा तपाईलाई जानकारी नभएको जस्तो लाग्छ । यस विषयमा जानकारी हुन आवश्यक छ । हाम्रो समाजमा धेरै मानिसहरु दम्पतिबीचको सम्बन्धमा पनि सामाजिक व्यवहार, सामाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिलाई ध्यान दिने गर्छन् ।
तर प्रेमपूर्ण सम्बाद, एक अर्काप्रति ब्यक्त गरिने आदर, सम्झन, यौन सम्बन्धलाई त्यति महत्व दिएको पाइँदैन । एकअर्कालाई राम्ररी बुझ्ने प्रयास नगर्दा पारिवारिक असन्तुष्टि र कलह हुने गर्छ । त्यसले प्रत्यक्ष असर यौन सम्बन्धमा पनि गर्दछ । तपाईको समस्याको वास्तविकतामा पुग्नु अगाडि यस्ता धेरै विषयहरुलाई केलाउनुपर्ने हुन्छ । तपाईहरुवीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि ? त्यो पनि प्रष्ट हुन जरुरी हुन्छ ।
प्रश्न पढ्दा एकअर्काप्रतिको सम्मान गर्ने स्वाभावमा कमी भएको पनि बुझिन्छ । दुई जनाबीच यौन चाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । एकअर्कालाई दोष लगाउने गर्दा दैनिक जीवनमा विभिन्न समस्या सिर्जना हुन सक्छ र तपाईको सम्बन्ध झन् जटिल बन्दै जान्छ । यदि तपाईले यौनईच्छा राख्नु हुने समय श्रीमतीका लागि उपयोगी छैन भने त्यसको सम्मान गर्न आवश्यक हुन्छ ।
दुई जनाबीचको गुणस्तरीय सम्बाद गर्ने सीपमा विकास भएन भने दैनिक जिवनको विभिन्न कृयाकलापमा समेत असर देखिन शुरु हुन्छ । तपाईमा देखिएको चिडचिडाहट र रिसपछि अझ बढी हुन सक्छ र यसले तपाईको परिवार र काममा अप्ठ्यारो सिर्जना गर्न सक्छ । कुनै पनि कुरा गुणस्तरीय सम्वादबाट सुल्झन सक्छ । त्यसैले चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्ने हो भने पहिला दुईजनावीचको सम्वाद अनि विशेषज्ञको सहयोग लिन सकिन्छ ।
तपाईकी श्रीमतीले तपाईलाई माया गर्नुहुन्छ भने तपाईको यो समस्या पनि बुझ्नुहुन्छ र उनी गर्भवती भएकोमा स्वीकार्यता देखाउँदै सहयोगी भावनाका साथ उनको स्वास्थ्यको उपचारतिर लाग्नहुनेछ भन्ने विश्वास छ । तपाईंले उपचार गर्न जाँदा श्रीमतीलाई पनि साथमा लिएर गएमा विशेषज्ञहरुले तपाईंको समस्या के हो र किन यस्तो हुन्छ भन्ने बुझाउनु हुनेछ । यसो गर्दा तपाईंहरुमा रहेको समस्या समाधान हुनेछ । यो समस्या तपाईंको भए पनि यसले परिवारलाई नै दुःख दिएको हुँदा आफ्नो रोग नलुकाइकन समझदारीका साथ उपचार गर्नतिर लाग्नु नै श्रेयश्कर हुनेछ ।
सत्यपाटी संवाददाता । काठमाडौं