सूचनाको शक्ति - The Power Of Information

        

धौलागिरि बेस क्याम्प गएको हेलिकप्टर दुर्घटना

धौलागिरि बेस क्याम्प नजिकै हेलि एभरेष्टको हेलिकप्टर दुर्घटना भएको छ । पोखराबाट सामान लिएर धौलागिरि बेस क्याम्प गएको हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परेको पाइलट सकुशल रहेको र उनलाई उद्धार गरेर ल्याउने प्रयास भइरहेको छ । हेलिकप्टर कार्गो लिएर गएको थियो र यसलाई पाइलट प्रिया अधिकारीले उडाउँदै थिइन् । हेलिकप्टरमा पाइलट अधिकारी एक्लै रहेको बताइएको छ ।

हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजिका लागि एयर डाइनेस्टीको अर्को हेलिकप्टर पठाइएको थियो । खोजिका लागि गएको हेलिकप्टरले हेलि एभरेष्टको हेलिकप्टरलाई दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतवार १४:२३