उत्तरी बुर्किनाफासोमा बिहीबार भएका दुई आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
गाईभैँसी चोरी भएको विषयबाट नाइजरको सीमा नजिकै सहेल क्षेत्रको कोराकु र टोन्डोबी गाउँमा दुई हमला भएका थिए । यस हमलामा गाउँका धेरै मानिस घाइते भए पनि उनीहरुको संख्या भने खुल्न सकेको छैन ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार धेरै संख्यामा आतंककारीहरू गाउँमा प्रवेश गरेर रातभर गोली चलाएका थिए । यी आक्रमणहरू केही दिनअघि गाईवस्तु चोर्न खोजेका दुई जिहादीहरूलाई मारिएपछि भएको एएफपीले रिपोर्ट सार्वजनिक गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं