भारतीय अभिनेता शाहरुख खान विश्वकै प्रभावशाली व्यक्तिको शीर्ष स्थानमा परेका छन् ।
टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तित्वको सर्वेक्षणमा शाहरुखले चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई उछिन्दै शीर्ष स्थानमा परेका हुन् ।
यस सर्वेक्षणमा उनले फुटबलर लियोनल मेस्सी, एलन मस्क, बेलायतका राजकुमार ह्यारी र राजकुमारी मेघन मार्कल, ओस्कार विजेता मिशेल योह, मेटाका सीईओ मार्क जुकरबर्ग जस्ता व्यक्तित्वलाई पराजित गरेका छन् ।
टाइम म्यागजिनले शाहरुखलाई भारतका लोकप्रिय सुपरस्टार भएको बताउँदै उनलाई नाइट राइडर्स ग्रुपजस्ता क्लबको सहसंस्थापकको रुपमा चिनाएको छ ।
‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ र ‘कुछ कुछ होता है’ जस्ता फिल्मबाट शाहरुखको छवि सुपरस्टारको रुपमा स्थापित भएको टाइमले जनाएको छ ।
शाहरुख खानको हालै आएको फिल्म ‘पठान’ निकै हिट साबित भयो । फिल्मले अहिलेसम्म १ हजार करोडभन्दा बढी कमाइ गरिसकेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ