नेपालमा रेमिटन्सपछि वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत मानिएको निर्यात व्यापार र पर्यटनमा भारतपछि दोस्रो स्थान अमेरिकाले लिएको छ ।
अहिलेसम्म दुई छिमेकी मुलुकमध्ये भारत पहिलो र चीन दोस्रो स्थानमा थिए ।
कोभिड महामारीपछि लामो समयसम्म उत्तरतर्फको नाका बन्द हुनु तथा नेपाल चीन सिधा हवाई उडानमा कमी आउनुजस्ता कारणले नेपालको निर्यात व्यापार तथा पर्यटन साझेदारीमा चीनलाई अमेरिकाले उछिनेको हो ।
विश्व अर्थतन्त्रमा आफ्नो प्रवाह बढाउन अमेरिका र चीन प्रयत्नशील रहेका बेला नेपाली अर्थतन्त्रका लागि भने नजिकको चीनभन्दा टाढाको अमेरिका अनुकूल देखिन थालेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ