सूचनाको शक्ति - The Power Of Information

        

मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता कायमै

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मा २-० को सहज जित निकालेको छ।

घरेलु टोली नाइसमाथि पिएसजीले २-० को सहज जित निकाल्दै शिर्षस्थान कायमै राखेको छ।

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलमा पहिलो हाफको २६ औं मिनेटमा मेस्सीको गोल गरे।

पहिलो हाफमा नै १-० को अग्रता लिन सफल भएको पिएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुपर्यो।

दोस्रो हाफको ७६औं मिनेटमा मेस्सीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। यो गोलसँगै खेल २-० को अवस्थामा टुंगियो।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंक थपेको छ। जसअनुसार पिएसजीको ३० खेलबाट ६९ अंक हासिल गरेको छ भने पराजित नाइस ४५ अंक जोडेर आठौं स्थानमा छ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतवार ०७:१९