बाल यौन दुरुपयोगको मुद्दामा एक वर्षसम्म जेल वसेर निस्किएका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) पहिलो म्युजिक भिडियो सुटिङ गर्न मुस्ताङ पुगे । कागवेनीमा ‘थाहै भएन’ बोलको गीतको भिडियो सुटिङका लागि शाह मुस्ताङ पुगेका हुन ।
टिकटकबाट चर्चामा आएकी ‘मिस पबी’ (पवित्रा साँकी) सँग शाहले एउटा भिडिओमा काम गरेका छन् । पविले पहिलो पटक अभिनेता पलसँग अभिनय गरेकी हुन् । यसअघि उनले पलसँग अभिनय गर्ने सपना रहेको बताएकी थिईन ।
शाहले बाल यौन दुरुपयोग मुद्दामा डेढ महिना अघि मात्रै सफाई पाएका हुन । शाले दर्जनौ म्यूजिक भिडियो र ठुलो पर्दाको चलचित्रहरुमा समेत काम गरिसकेका छन् । यसअघि जेल जिवन र कोभिडअघि बिरबिक्रम चलचित्रको छायांकनका लागि अभिनेता पल शाह मुस्ताङ पुगेका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं