सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भू–भागमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । सोमबार पनि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन रचट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतवार ०६:३३