सूचनाको शक्ति - The Power Of Information

        

आज २०७९ चैत २६ गते आइतवारको राशिफल

२०७९ चैत २६ गते आइतवार, ९ अप्रिल २०२३ । वैशाख कृष्णपक्ष तृतीया तिथि, ९ः३१ बजेदेखि चतुर्थी । विशाखा नक्षत्र, १४ः०४ बजेदेखि अनुराधा । चन्द्रराशि– तुला, ८ः०८ बजेदेखि वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन् । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ । कठिन चुनौती सामना गर्नुपर्ला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

व्यापार तथा आर्थिक कारोबारमा राम्रै फाइदाको योग छ । अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ । केही प्रतिस्पर्धा हुन सक्छ । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । प्रतिस्पर्धीलाई सजिलै उछिन्ने मौका छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । शत्रु र रोगबाट छुटकारा पाइएला । मुद्दा–मामिलामा पनि विजयी भइनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । शुभचिन्तकहरूले साथ दिनाले राम्रै उपलब्धि पाइनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मान्यजनसँग असमझदारी बढ्न सक्छ । विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ । अरूको सुझाव अप्रिय लाग्नेछ । आफूबाट गलत निर्णय हुनेछ । धोकामा परिएला । महत्त्वाकांक्षी योजना गोप्य राख्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग र मातृशक्तिको राय–सुझावबाट लाभ उठाउन सकिनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सहयोगीहरूले साथ दिनेछन् र आयआर्जनका काममा सोचेजस्तै सफलता मिल्नेछ । आम्दानी बढ्नेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला । तापनि, नयाँ काममा हात हाल्ने समय छ । प्रतिस्पर्धी र शत्रुपक्षलाई परास्त गर्न सकिनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । बाध्यताका काममा बढी खर्च हुनेछ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । काममा विघ्नबाधा आउलान् । तापनि, निरन्तर प्रयत्न गर्दा पुरानो व्यवसायमा भने फाइदै हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन् । पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला, सचेत रहनुहोस् । मुद्दा–मामिला, वादविवाद र प्रतिस्पर्धामा पनि कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट सोचेजति लाभ नहुन सक्छ । टाढाको यात्रा व्यवस्थापनका लागि लगानी गर्नुपर्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि लाभ मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

महत्त्वपूर्ण कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । सरकारी काममा पनि तत्काल फाइदा उठाउन सकिनेछ । नोकरी र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला । राम्रै आयआर्जन हुने काम सुरु होला । विभिन्न अवसरले पछ्याउने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मानसम्मान पनि बढ्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मेहनत गर्दा भाग्योन्नतिको समय छ । समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ । रोकिएको कामले पनि निकास पाउनेछ ।सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन् । तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतवार ०६:२१