काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । हेलिकप्टरका पाइलट भने सुरक्षित नै रहेको प्रहरीले जनाएको छ ।
महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख डीएसपी अंगुर जिसीका अुनसार एयर डाइग्नोस्टिकको हेलिकप्टर पछाडिको भाग खुस्किएको छ । चितवनमा बिरामी लिनका लागि डाक्टर लिन पुगेको हेलिकप्टरको पछाडिको भाग खुस्किएको उनले बताए ।
‘हेलिकप्टरको पछाडिको भाग चोइटिएर भागेको भेटिएको छ । अहिले हेलिकप्टर हेलिप्याडमा नै राखिएको छ,’ जिसीले भने । घटनामा कुनै मानवीय क्षति भएको छैन । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ । हेलिकप्टर परीक्षणको लागि प्राविधिक टोली बोलाइएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं