सूचनाको शक्ति - The Power Of Information

        

यस्ता पुरूषसँग ‘सेक्स’ गर्दा महिलालाई धेरै आनन्द

अचानक कसैसँग शारीरिक सम्बन्ध बन्नुलाई क्याजुअल सेक्स भनिन्छ । यो यौन सम्बन्धमा सहमति र इच्छा पनि हुन्छ । तर क्याजुअल सेक्सपछि अक्सर महिलाहरुमा पश्चाताप र गल्तीको महसुस हुन्छ ।

एक अध्ययनअनुसार यति सेक्सको पहल महिला नै गर्छन् र यसमा रमाउँछने भने उनीहरुमा पश्चातापको भावना आउदैन । यसअघिको अध्ययनमा ‘वान नाइट स्टेन्ड’ मा पुरुषको तुलनामा महिलामा धेरै अफसोस र पश्चाताप हुने पाइएको थियो ।

शोधकर्ताले नर्वेको विश्वविद्यालयका ५४७ र अमेरिकाको अर्को विश्वविद्यालयका २१६ जना छात्रासँग कुराकानी गरिएको थियो । यसमा कोही पनि समलिंगी थिएनन् र उनीहरुसँगको कुराकानीले केही कुरा स्पष्ट भएको छ ।

क्याजुआल सेक्समा युवती र पुरुषको सोच विल्कुल फरक हुन्छ । यो अध्ययनमा महिलाले आफ्नो पार्टनर सक्षम र यौन सम्बन्धका क्रममा सन्तुष्ट पार्ने आएमा महिलामा यस्तो पश्चातापको भावना कम आउँछ ।

यो अध्ययनमा सहभागी भएका सबैजना नर्वेजियन युनिभरसिटी अफ साइन्स एन्ड टेक्नोलोजी (एनटीएनयू) र युनिभरसिटी अफ टेक्सासमा थिए । सबैजनाको उमेर ३० वर्षभन्दा कम थियो । यसअघिको अध्ययनमा क्याजुअल सेक्समा पुरुषलाई महिलाको तुलनामा कम पश्चाताप हुने पाइएको थियो ।

जसमा सेक्सको पहल कसले गर्यो भन्ने कुराले अर्थ नराख्ने बताइएको थियो । युनिभर्सिटी अफ टेक्सासका प्राध्यापक डेभिड बजले भनेका छन्, ‘यदि महिलाले सेक्सका लागि पहल गर्छन् भने दुई कुरा प्रष्ट हुन्छ । पहिलो सेक्सलाई लिएर मस्तिष्कमा सकारात्मक भावना छ भने यौन सम्बन्धका क्रममा कामुकता खुलेर बाहिर आउँछ ।

दोस्रो कुरा महिला खुलेर आफ्नो इच्छा व्यक्त गरेका हुन्छन् र उनीहरुमा कुनै अपराधबोध हुँदैन । यस्तो अवस्थामा महिलामा अफसोस हुँदैन । किनकि उनीहरुमा कुनै प्रकारको दबाब हुँदैन ।’ टेक्सास विश्वविद्यालयका प्राध्यापक जोए पी वाकफका अनुसार यौन सम्बन्धमा महिलाको खुसीले खास अर्थ राख्छ ।

जब उनीहरु यसमा खुलेर आउन सक्दैनन् भने त्यो अप्रिय र परेशान निम्त्याउने खालको हुन्छ । यो अध्ययनबाट यौन सम्बन्धका लागि स्वतःस्फूर्त र दबाबमुक्त हुनुले ठूलो अर्थ राख्छ । यो अध्ययनअनुसार सेक्सपछि महिलाले पश्चातापको महसुस गर्छन् या गर्दैनन् भन्ने कुरा पार्टनरको क्षमतामा धेरै हदसम्म निर्भर हुन्छ ।

यदि यौन सम्बन्ध राम्रो र सन्तुष्ट बनाउने भयो भने महिलाहरुमा पश्चातापको भावना आउँदैन । तर उनीहरुका लागि निर्णय लिनु त्यति सहज भने हुँदैन । उनीहरुको मनमा गर्भवती हुने डर पनि हुन्छ । अध्ययनअनुसार पुरुष पार्टनरको यौन क्षमता महिलाका लागि अर्थपूर्ण हुन्छ । सेक्स पार्टनरको कामुकता र क्षमताबाट महिलालाई भावनात्मक स्तरमा ठूलो फाइदा पुग्छ ।

अचानक बनेको यौन सम्बन्धमा केही कुरा हुन्छन्, जसले दुवैमा खेद र पश्चातापको भावना पैदा हुन्छ । नैतिकताको स्तरबाट पनि उनीहरुमा अफसोसको भावना पैदा हुन्छ । फोहोर भएमा पनि यौन सम्बन्धमा विकर्षण पैदा हुन्छ भने यौन रोग संक्रमणको डरले पनि क्याजुल सेक्सले पश्चातापको भावना जगाउँछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार १४:३५