सूचनाको शक्ति - The Power Of Information

        

‘सेक्स’ सम्बन्धी हैरान पार्ने यी रोचक तथ्य

समय समयमा दुनियाँभरमा सेक्ससँग जोडिएका खोज भइरहेका हुन्छन् । जसमा कैयौं रोचक तथा महत्वपूर्ण जानकारी पनि अगाडि आएका हुन्छन् । जे होस् यस्ता खोज हाम्रो जीवनमा केही काम आउन सक्छन् । हेरौं त्यस्तै केही रोचक तथ्यहरु जो थुप्रै अनुसन्धानबाट पत्ता लागेका छन् ।

यस्तो मान्ने गरिन्छ जो पुरुषका अनेक महिलासँग सेक्स सम्बन्ध हुने गर्छ, ती पुरुषले सेक्सलाई एकदमै महत्वपूर्ण त मान्छन् तर त्यस्ता पुरुष आफ्ना सम्बन्धबाट कहिल्यै पुरा सन्तुष्ट हुन सक्दैनन् । महिलाहरु महिनावारीका बेला अथवा त्यसको ठीक पहिला चरम सुखको अनुभूति गर्छिन् । यसको कारण हो उक्त समयमा पेल्विक एरियामा रक्तसञ्चार बढ्नु ।

सामान्यतया बुझ्ने गरिन्छ महिलामा गर्भावस्थाको समयमा सेक्सको इच्छा हुँदैन तर वास्तवमा यस्तो हुँदैन । गर्भावस्थाका बेला महिलामा कि त सेक्स इच्छा बढ्ने गर्छ कि पहिले जस्तै रहने गर्छ । मनोवैज्ञानिकद्वारा गरिएको एक सोधमा यस्तो कुरा पत्ता लागेको छ कि पुरुषहरु कुनै अन्य रंग भन्दा रातो रंग लगाएका महिलाप्रति बढी आकर्षित हुने गर्दछन् ।

एक अध्ययनका अनुसार जो महिला आफ्नो परिवारदेखि आसपासका मानिसको भावना बुझ्ने खालकी हुन्छिन् भने उनी सेक्समा पनि राम्रो पार्टनर सावित हुन्छिन् । सेक्सका बेला पुरुषको तुलनामा महिला ज्यादा कल्पनाशील हुने गर्दछन् । यस्तो सेक्सुअल रिलेशनमा दुवैले एकअर्काको भावना बुझ्दा सम्बन्ध बलियो हुन्छ । जो पुरुष ज्यादा समय सेक्सुअल फान्टासीमा हुन्छन् ।

उनीहरु आफ्नो रिलेशनसीपमा कम रोमान्टिक हुन्छन् । हप्तामा दुई वा तीनपटक सेक्स सम्बन्ध राख्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । रोमान्टिक किताब, उपन्यास, कथा पढ्ने महिला अन्य नपढ्ने महिलाका तुलनामा सेक्स सम्बन्धमा बढी आनन्द दिने खालका हुन्छन् । सेक्समा यदी रुची कम हुँदै गएको छ भने कुनै पनि खालको एक्सरसाइज गर्दा फेरि इच्छा जाग्ने गर्दछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार १४:३१