सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, केही स्थानमा वर्षा

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ । जसका कारण देशका केही भागमा आज वर्षा हुने भएको छ । कर्णाली, कोशी र गण्डकी प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति कोशी, मधेस, वाग्मती र कर्णाली प्रदेशमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । विभागका अनुसार कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार ०७:२५