अमेरिकाको मेरील्याण्ड राज्यको एउटा चर्चमा बर्षाैंसम्म बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ ।
मेरिल्याण्ड राज्यको बाल्टीमोरस्थित सबैभन्दा पुरानो रोमन क्याथोलिक चर्चमा सन् १८४० देखि विभिन्न १५६ जना पादरीहरुले ६ सय बढी बालबालिकाको यौन शोषण गरेको खुलासा भएको हो ।
मेरिल्याण्डका महान्यायाधीवक्ताले तयार पारेको पाँच सय पेज लामो प्रतिवेदनमा हरेक पादरीले चर्चमा बालबालिकाको यौन शोषण गरेको उल्लेख छ ।
बालबालिकामाथिको यौन शोषण लुकाउन चर्चले करोडौं डलर खर्च गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
चर्चका आर्कडायसले यस्तो कर्तुत ८० वर्षसम्म लुकाएर राखेको र त्यसका लागि करोडौं डलर खर्च गरेको पनि महान्यायाधीवक्ता एन्थोनी ब्राउनको प्रतिवेदनमा उल्लेख छ ।
सन् १९८० देखि अहिलेसम्म तीन सय एक जना पीडितलाई बाहिर बोल्न नदिन एक करोड ३२ लाख डलर खर्च गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
चर्चका पादरीहरुले बालबालिकाहरुलाई भगवानको आदेश भन्दै तर्साएर यौन शोषण गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ