सूचनाको शक्ति - The Power Of Information

        

मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच एकता हुदैँ

दुईवटा साना कम्युनिष्ट पार्टीबीच आज एकता हुँदैछ ।  

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए । 

नेकपा बहुमतका नेता धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बीचमा एकीकरण घोषणा सभा हुँदैछ । 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ०७:२७